प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित,कांग्रेस बीपीका प्यानलसहित विजयी

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा कांग्रेस बीपीले १२९ मतले कांग्रेसका उमेदवारलाई पराजित गरेको हो ।

‘करुवा’ चुनाव चिह्न कांग्रेस बीपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गर्दा कांग्रेसका चन्द्र देउवाले ५४४ मत मात्रै प्राप्त गरेका छन् ।

कांग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले विपी कांग्रेसको करुवा चुनाव चिह्न लिएर जिल्लामा कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ ।

प्रतिक्रिया