धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा मतगणना सुरु

धनुषा । धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकामा मतगणना सुरु भएको छ । नगरपालिकाको वडा ५ मा रहेको क्षीरेश्वरनाथ मा।वि। मा मतगणना सुरुभएको हो ।

सबै मतदान केन्द्रबाट आएको मतपेटिका दर्ता शुक्रबार नै भएपनि शनिबार विहानबाट मतगणना सुरु गर्ने तयारी थियो । शुक्रबार राति हावाहुरी तथा पानी परेकोले मतदान अवेर साँझसम्म चलेको चलेको थियो । शुक्रबार भएको मतदानमा ७०% मतदान भएको थियो ।

मतगणनाका लागि सर्वदलीय बैठक बसेर गोला प्रथाको माध्यमबाट मतगणनाका लागि वडा छनौट गरिएको छ ।

मतगणना क्रमशः वडा नं.७, ६, २, ५, १, १०, ८, ९, ४ र अन्तिममा वडा नं. ३ को हुने निर्वाचन अधिकृत बिकास बस्नेतले जनाएको छ । साँझ ७ बजेदेखी सुरु हुने मतगणनाको अन्तिम मतपरिणाम भोलि साँझसम्म आउने अधिकृत बस्नेतले जनाएको छ ।

कुन वडाबाट मतगणना सुरु गर्ने विषयमा उम्मेदवारहरुबीच सहमति नहुँदा मतगणना सुरु गर्न ढिलाई भएको अधिकृत बस्नेतले बताए ।

नगरपालिकामा मेयरमा नेपाली कांग्रेसका योगेन्द्र पजियार र नेकपा एमालेका सुखदेव यादवबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
अर्कातिर उपमेयरमा नेपाली काँग्रेसकि रचना श्रेष्ठ (माथेमा) र नेकपा एमाले कि सालिनी चौधरीबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया