डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो
काठमाडौं । डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढेको छ ।
अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमले जनाएको छ ।
प्रतिक्रिया