जनकपुर र बर्दिबासमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका र बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै रहेको छ ।

जनकपुरधाम उपमहानगरपालिकामा वडा नं १ को १ हजार ९३३ मतगणना गर्दा प्रमुख पदमा स्वतन्त्र उम्मेदवार मनोज साहले ७१९ मत पाएका छन्।

यस्तै, एमालेका शिवशंकर साहले २१९, बलराम महतो (आँप चिह्न) १४७, जसपाका लाल किशोर साह १०१, लोसपाका मनोज चौधरी १३४ र जानकीराम साह (लालटिन) ले ६३ मत ल्याएका छन्।

वडा नम्बर १ को मतगणना गर्दा वडाध्यक्षमा ९२८ मत प्राप्त गरी दीपनारायण यादव विजयी भएका छन् ।

उपमेयरमा रुख ७९०, सूर्य २५१, साइकल १७१ र आँप चिह्नले १६६ मत पाएका छन्।

त्यस्तै बर्दिबास नगरपालिकामा २ हजार ५ सय ६२ मतगणना गर्दा स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्रीले ७५७ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । यस्तै, निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका टेक बहादुर बलाम्पाकीले ७४६ मत प्राप्त गरेका छन् ।

वडा नम्बर ८ को मतगणना गर्दा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार रुद्र किङरिङलाई ९ मतले पछि माओवादी केन्द्रका समसेर सिंह लामाले ७५३ मत प्राप्त गरी जित हासिल गरेका हुन् ।

नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार किङरिङले ७४४ मत प्राप्त गरेको थियो ।

उपमेयरमा भने अहिलेसम्म नेकपा एमालेले अग्रता लिएको छ । एमालेले ६५८, माओवादी केन्द्रले ५२९ प्राप्त गरेका छन् ।

प्रतिक्रिया
नागरिक मिरर