धनुषाधाममा एमाले अग्र स्थानमा, काँग्रेसले पछ्याउँदै

जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा नेकपा एमाले अग्र स्थानमा रहेको छ । नेकपा एमालेका मेयर उम्मेदवार योग कुमार यादव ३१३ मत प्राप्त गर्दै अग्रता लिरहेको छ ।

यस्तै नेपाली काँग्रेसका बालेश्वर मण्डलले २५० मत प्राप्त गर्दै पछ्याईरहेको छ । नेकपा माओवादीका देवेन्द्र कुमार यादप(दिपक)ले १३५ र जसपाका विनोद कुमार यादवले १४० मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी शान्ति देवी सुडीनले २९० मत प्राप्त गरेकी छिन् । नेकप माओवादी केन्द्रकी अम्बिका कुमारी विश्वकर्माले २२० काँग्रेसकी विधा देवी भुजेल २४५ र जसपाकी अनिता देवी मुखियाले १६० मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया
नागरिक मिरर