काठमाडौंमा बालेन्द्र र सुनीताको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार बालेन्द्र शाहको अग्रता कायमै छ । त्यस्तै उपमेयरमा एमालेकी सुनीता डंगोलको पनि अग्रता कायमै छ ।

अहिलेसम्म ४ हजार ६४६ मत गन्दासम्म बालेन्द्रले १ हजार ७०६ मत पाएका छन् । बालेन्द्रलाई पछ्यारहेका एमालेका केशव स्थापितले १०३२ मत ल्याएका छन् ।

कांग्रेसकी सिर्जना सिंहले ८६४ मत ल्याएर तेस्रो स्थानमा छिन् । राप्रपाका मदनदास श्रेष्ठले १९९ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी सुनीता डंगोलले १ हजार ८५२ मत ल्याएर प्रतिद्वन्द्वीसँग ठूलो मतान्तर कायम गरेकी छिन् ।

उनकी निकटम प्रतिद्वन्द्वी एकीकृत राप्रपाकी विनिता मगैयाले ६४४ र एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५३९ मत पाएका छन् ।

प्रतिक्रिया