काठमाडौंमा बालेन साह करिब १२ सय मतले अघि

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार बालेन साहको अग्रता कायमै छ ।
महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)ले अहिलेसम्म २ हजार ६०१ मतसहित अग्रता कायम गरेका छन् ।
उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार केशव स्थापितले भने १ हजार ४१५ मत ल्याएका छन् ।
त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ हजार ३५९ मत पाएकी छन् ।
प्रतिक्रिया