जनकपुरधाम उपमहानगरपालिकामा वागी मनोज साहको फराकिलो अग्रता

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा मेयर प्रत्यासी तथा बागि उम्मेदवार मनोज कुमार साहको अग्रता कायम रहेको छ । जनकपुरधाम उपमहानगरपालिकाको वडा ४ को ६३२ मतगणना हुँदा सम्ममा साहले १९१८ मत प्राप्त गरेका छन् ।

त्यस्तै उनलाई नेकपा एमालेका उम्मेदवार शिवशंकर साह (हिरा)ले ९१८ मत प्राप्त गरेर पछ्याउँदै छन् । लोसपाका उम्मेदवार मनोज चौधरीले भने ३११ मत प्राप्त गरेका छन् ।

त्यस्तै गठबन्धनका जसपा उम्मेदवार लालकिशोर साह भने सबैभन्दा अन्तिम स्थानमा २४५ मत प्राप्त गरेर लोसपा पछ्याउँदै छन् ।

उता उपमेयरमा भने गठबन्धनका उम्मेदवार किशोर साहले १८७६ मत प्राप्त गरेका छन् भने एमालेका रुना झाले ९९६ मत प्राप्त गर्दै पछि–पछि छिन् । लोसपाका उम्मेदवार रिता झाले भने ३४१ मत मात्र प्राप्त गरेकि छन् ।

प्रतिक्रिया
नागरिक मिरर