ओलीले मतदान गरेको वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले स्थानीय तहको मतदान गरेको वडामा नेपाली कांग्रेस विजयी भएको छ । ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गरेको थिए ।

सूर्यविनायक नगरपालिका २ बालकोटबाट नेपाली कांग्रेसका प्रदीप कार्कीको प्यानल नै विजयी भएको हो ।

कार्कीले १ हजार ५११ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया