पोखरामा एकीकृत समाजवादीका उम्मेदवार आचार्यको अग्रता कायमै

पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनबाट प्रमुख पदका उमेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यको अग्रता कायमै छ ।
अहिलेसम्म ८ हजार ६९३ मत गणना हुँदा धनराज आचार्यले ३ हजार ४६५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उमेदवार कृष्णबहादुर थापाले ३ हजार १०८ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उमेदवार कोपिला रानाभाट तीन हजार ६०० मतसहित अघि छिन् । एमालेकी मञ्जुदेबी गुरुङले ३ हजार ५७५ मतसहित उनलाई पछ्याइरहेकी छिन् ।
प्रतिक्रिया