स्थापितभन्दा तीन हजार मतान्तरको अग्रता कायम गर्दै बालेन

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको अग्रता कायम छ । सुरुवाती अवस्थामा रहेको अग्रता दोब्बर अंकले बढेको छ ।पछिल्लो ८:३० को अपडेट अनुसार बालेनले ६ हजार मत कटाएका छन्। 

उनले हालसम्मको गणनामा ६२०७ मत ल्याएका छन्। आफ्ना प्रतिस्पर्धीहरूसँगको रफ्तारमा अग्रता बढाइरहेका छन्।

पछिल्लो विवरणअनुसार उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका केशव स्थापितभन्दा २९६४ मत धेरै ल्याएका छन्।

स्थापितले हालसम्म ३२४३ मत पाएका छन्। यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले २८८५ मत पाएकी छन्।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: