प्रधानमन्त्री देउवाले गरे गौतमबुद्ध विमानस्थलको उद्घाटन

भैरहवा । प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । देउवाले सोमबार बिहान विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् ।

विमानस्थलमा कुवेतको जजिरा एयरलाइन्सले पहिलो व्यवसायिक उडान सहित अवतरण गरेर देउवाले विमानस्थलको औपचारिक उद्घाटन गरेका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान भने यही जेठ २९ गतेमात्र हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया