क्षीरेश्वरनाथ नगरपालिकामा एमालेको यादव १५४५ मतका साथ अग्रस्थानमा

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेको अग्रता कायमै रहेको छ । उनले १५४५ मत ल्याएर अग्रस्थानमा रहेको छ । वडा नं ७ र ६ को मतगणना सम्पन्न हुँदासम्म नेकपा एमालेले अग्रता कायमै राखेको छ । उनले २८३ मतले अग्रता लिएका छन् ।

त्यस्तै नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार योगेन्द्र पजियारले १२६२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा एमालेकी सालिनी चौधरीले पनि अग्रता बनाएकी छिन् । उनले ३०२ मतले अग्रता बनाएकी हुन् । चौधरीले १४५४ मत प्राप्त गरेकी छिन् भने नेपाली काँग्रेसकी उपमेयरकी उम्मेदवार रचना माथेमाले ११५२ मत प्राप्त गरेकी छिन् ।

अहिले वडा नं २ को मतगणना जारी रहेको छ ।

प्रतिक्रिया
नागरिक मिरर