विराटनगरमा मतान्तर बढाउँदै कोइराला

विराटनगर । विराटनगर महानरपालिकाको प्रमुखको पदमा नेपाली कांग्रेसका नागेश कोइरालाले मतान्तर बढाएका छन् ।

कुल १६ हजार ९४० मत गणना हुँदा कांग्रेसका कोइरालाले ५ हजार १८३ मत प्राप्त गरेका छन् । एमालेका सागर थापाको ३ हजार ६६७ मत आएको छ ।

त्यस्तै प्रमुख पदका उम्मेदवार राप्रपाका प्रह्लादप्रसाद साहको ८३२ मत ल्याएका छन् । यसैगरी उप–प्रमुखतर्फ नेकपा (एमाले)की शिल्पा कार्कीले ४ हजार १८२ मत प्राप्त गरेकी छन् । गठबन्धनका जनता समाजवादी पा‍र्टी (जसपा)का अमरेन्द्र यादवले ३ हजार ८८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया