भरतपुर महानगर अपडेट : विवाद भएपछि मतगणना रोकियो, समाधानको प्रयास जारी

चितवनको भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । मत सदर कि बदर भन्ने विवाद भएपछि गणना रोकिएको हो । यहाँ पाँचदलीय गठबन्धनबाट कांग्रेसकी रेनु दाहाल र एमाले–राप्रपा गठबन्धनबाट विजय सुवेदी मेयरका उम्मेदवार छन् । 

स्वस्तिक छापको विषयमा एमाले प्रतिनिधिहरुले विरोध जनाएपछि विवाद भएको हो । 

रेनु र विजयबीच कडा प्रतिस्पर्धा भइरहेको छ । कांग्रेसका बागी जगन्नाथ पौडेलले पनि सम्मानजनक मत पाइरहेका छन् ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: