काठमाडौंको उपमेयरमा सुनितालाई ६ हजार भन्दा बढी मतको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेबाट उपमेयरकी उमेदवार सुनिता डंगोलले फराकिलो मतान्तर बनाउँदै गएकी छिन् ।

डंगोलले ९ हजार ४२१ मत पाएर अग्रता कायम गरेकी छिन् । गठबन्धनका उमेदवार नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले २ हजार ६६४ मत पाएका छन् ।

डंगोलले सुरुदेखि नै अग्रता कायम गर्दै आएकी छिन् ।

प्रतिक्रिया