आज प्रतिनिधिसभाको बैठक बस्दै, नीति कार्यक्रम तथा बजेट बारे छलफल हुँदै

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो ४ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रम र बजेटको बारेमा छलफल हुने कार्यतालिका रहेको छ ।

संविधान अनुसार जेठ १५ मा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको हुँदा आज संसद बैठक बोलाइएको हो । बैठकको तयारीका लागि सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो साढे दुई बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

सभामुख सापकोटाको सचिवालयका अनुसार सभामुखले संसद भवनको शङ्कर हलमा बस्नेगरी सङ्घीय संसद प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको हो ।

सभामुख सापकोटाले संसदको बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढङ्गले सञ्चालन गर्न राजनीतिक दलहरूलाई अपिल गर्नुभएको छ ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: