धनुषा लक्ष्यमीनियाँको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी

जनकपुरधाम । धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

गाउँपालिका अध्यक्षमा भोगेन्द्र झा ३७६५ मत ल्याएर विजयी भएका हुन् भने उनको निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका सत्रुधन यादव ३४९७ मत ल्याए ।

यस्तै उपाध्यक्षमा कांग्रेसकै फुलकुमारी यादवनी विजयी भएकी छिन् । उनले ३६२८ मत ल्याएकी हुन् भने उनका निकटतम प्रतिद्वन्दी जसपाकी विमला कुमारी यादवले ३४६० मत ल्याए ।

यस्तै यस पालिकामा ७ वटा वडामध्ये ५ वटा वडामा नेकपा एमालेका वडाध्यक्ष विजयी भएका छन्।

प्रतिक्रिया
नागरिक मिरर