धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै छ ।

अहिलेसम्म २३ हजार २२३ मतगणना भएको छ । हमालले १० हजार ८२५ मतका साथ अग्रता कायम राखेका छन् ।

दोस्रो स्थानमा रहेका कांग्रेस उमेदावर तथा निर्वतमान उपमहानगर प्रमुख नृपबहादुर ओडले ५ हजार १६६ मत प्राप्त गरे ।

यस्तै नेकपा(एमाले)उमेदवार रणबहादुर चन्दले २ हजार ४६२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया