धुलिखेलमा रोकियो मतगणना,आयोगलाई पत्र लेखियो

धुलिखेल । काभ्रेको धुलिखेलमा विवाद भएपछि मतगणनामा रोकिएको छ ।

सुरुमा सर्वदलीय बैठकको निर्णयअनुसार वडा नम्बर ८ सम्म मतगणना गरे पनि वडा नम्बर ९ को मतगणना सुरु गर्नुपूर्व एमाले मेयर उमेदवार अशोक ब्यान्जुले विरोध जनाएपछि मतगणना स्थगित भएको हो ।

मतगणना सुरु गर्नुपूर्व सर्वदलीय बैठकमा भएको सहमतिअनुसार अघि बढ्न उनी तयार नभएपछि मतगणना रोकिएको थियो ।

विवाद भएपछि मुख्य निर्वाचन अधिकृतले निर्वाचन आयोगलाई पत्र लेखेका छन् ।

प्रतिक्रिया