सप्तरी हनुमाननगर कंकालिनीको मेयरमा जनमतको माझी विजयी

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर जनमत पार्टीको वीरेन्द्र माझी विजयी भएका छन् । माझी नगरपालिका अध्यक्षमा ६४०७ मत प्राप्त गरी वियजी भएको छ ।

उनका निकटतम प्रतिद्धन्दी जसपाका उम्मेदवार एवं निवर्तमान मेयर शैलेश साहले ६ हजार २४६ मत प्राप्त गरेका छन्।

साह २०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट मेयरमा निर्वाचित भएका थिए । पछिल्लो समय उनी जसपामा थिए । हनुमानगर कंकालिनी जितसँगै जनमत पार्टीले आफ्नो जितको पहिलो खाता खोलेको छ ।

प्रतिक्रिया
नागरिक मिरर