सर्लाही चन्द्रनगरको अध्यक्षमा महतो विजयी

जनकपुरधाम । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजकुमार महतो विजयी भएका छन् । महतो ३९९५ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी भएको हो ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार लोकेन्द्र मुखियालाई ४५९ मतान्तरले पराजित गरेका हुन् । पराजित लोकेन्द्र मुखियाले ३५३६ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी गीता देवी महतो निर्वाचित भएकी छिन् । उनी ३ हजार ८६० मत ल्याएर उपाध्यक्षमा विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी मंजु देवीले २ हजार ९५८ मत पाएकी छिन् ।

प्रतिक्रिया
नागरिक मिरर