दलप्रतिकाे आक्रोशकाे नतिजा हाे, बालेन साहकाे मत : हरिबाेल गजुरेल

काठमाडौं– माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले काठमाडौं महानगरका मेयरका उम्मेदवार बालेन साहले पाएको मत राजनीतिक दलप्रतिको आक्रोश रहेको बताउनु भएको छ । 

प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९ र ८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उहाँले भन्नुभयो, ‘अहिले काठमाडौंको मतदाता प्रतिक्रिया छ, त्यो हामी, राजनीतिक दल र नेताप्रतिको आक्रोश हो ।’

काठमाडौं मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेनले राजनीतिक दलका उम्मेदवारभन्दा करिब दोब्बर मत ल्याएर अग्रता कायम राखिरहँदा गजुरेलले यस्तो  बताउनु भएको हो । 
नागरिकमा राजनीतिक दल र नेताप्रतिको आक्रोश बढेको विषय सोचनीय रहेको भन्दै उहाँले जनताको अपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।

यसका लागि बजेट बनाउने विषयमा सोच्नुपर्ने उहाँको भनाई छ । जनताको चासो र अपेक्षाअनुसार सरकारले काम गर्न नसक्दा संविधान नै खतरामा परेको उहाँको भनाई छ ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: