भरतपुरमा विजयलाई पछि पार्दै निरन्तर अगाडि रेनु

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायमै छ ।

अहिलेसम्म २८ हजार ६४३ मतगणना हुँदा रेनु दाहालले १० हजार ४४९ मत पाएकी छन् । नेकपा (एमाले)का उमेदवार विजय सुवेदीले ८ हजार ५९७ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर १ हजार ८५२ छ ।

यस्तै, स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ४ हजार ६९६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया