बटेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष र उपाध्यक्षसहित अधिकांश वडामा निर्वाचित भएका छन् ।

पाँचवटा वडा रहेको बटेश्वर गाउँपालिकामा वडा नं. २ को वडाध्यक्ष बाहेक पालिकामाथि कांग्रेसले नै कब्जा जमाउन सफल भएको छ।

कांग्रेसका रामअशिष महतोले पालिका अध्यक्षमा ९८१ मतले विजयी हुन सफल भएका छन् । उनले ४ हजार १८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्यामसुन्दर महतो ३ हजार ३७ मतमा सिमित भए।

यस्तै, उपाध्यक्षमा कांग्रेस कै फुलकुमारी सिंह ३ हजार ६०१ मत सहित विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेको रेणु कुमारी पुलामी २ हजार ९५७ मत मतमा सिमित भइन्।

पालिका अध्यक्षमा निर्वाचित भएका रामअशिष २०७४ को स्थानीय निर्वाचनमा ७४ मतले एमालेका उम्मेदवार डम्बरबहादुर राउत क्षेत्रीसँग पराजित भएका थिए।

सो निर्वाचनमा एमाले अध्यक्ष उपाध्यक्ष सहित दुई वडामा जितेको थियो। यस पटक भने कांग्रेसले एमालेलाई क्लिन स्वीप गरेको छ।

प्रतिक्रिया