काठमाडौंमा बालेन साहले कटाए २१ हजार मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र रूपमा उम्मदेवारी दिएको बालेन साहको अग्रता कायमै छ ।

आज बिहानसम्म ५४ हजार ६२१ मत गणना गर्दा शाहले २१ हजार १११ मत पाएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार ९९८ मत पाएका छन्।

यस्तै नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १० हजार १७३ मत पाएकी छन् ।

प्रतिक्रिया