धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

धनगढी । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै छ ।

पछिल्लो विवरणअनुसार ३० हजार ६९८ मत गणना हुँदा हमालले ७ हजार ५१ मतले अग्रता लिएका छन् ।

कांग्रेसका नृप वडले ६ हजार ७७२ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका एमालेका रणबहादुर चन्दले ३ हजार २१७ मत ल्याएका छन् ।

प्रतिक्रिया