ललितपुरमा चिरिबाबु ७ हजारभन्दा बढी मतले अघि

ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले ७ हजारभन्दा बढी मतले अग्रता लिएका छन् ।

आज बिहानसम्म ३१ हजार १९ मत गणना गर्दा महर्जनले १६ हजार ४०९ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ८ हजार ९३७ मत पाएका छन् । राप्रपाका अष्ट महर्जनले १ हजार ३४१ मत पाएका छन् ।

उपप्रमुख पदमा भने नेकपा एमालेकी मञ्जली शाक्यले ८ हजार ८४० मत सहित अग्रता कायम राखेकी छन् । माओवादी केन्द्रका बाबुराज बज्राचार्य मञ्जलीभन्दा २ हजार २५७ मत अन्तरले पछाडि छन् ।

प्रतिक्रिया