उदय बरबरीयाको ‘मिडिया स्टन्ट’ : सेलिब्रेटी मेयर बन्न खोज्दा जनताले पत्याएनन्

जनकपुरधाम । २०७४ को स्थानीय निर्वाचनमा मुलुककै कान्छो मेयरको रुपमा उदाएका धनुषाको शहीदनगर नगरपालिकाका निवर्तमान मेयर उदय बरबरीयालाई जनताले दोस्रो कार्यकालका लागि पत्याएनन् । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा दोस्रो कार्यकालका लागि नेकपा (माओवादी केन्द्र) बाट प्रतिस्पर्धामा उत्रिएका बरबरीया जनता समाजवादी पार्टीका दिनेश यादवसँग १६ सय ६६ मत अन्तरले पराजित भए । बरबरीया ०७४ को स्थानीय निर्वाचनमा पनि नेकपा (माओवादी केन्द्र) बाटै विजयी भएका थिए ।

यसअघि ०७४ मा बरबरीया विजयी हुँदा तेस्रो स्थानमा रहेका तत्कालीन सङ्घीय समाजवादी फोरम (हालको जसपा) का दिनेश यादवले यस पटक ५ हजार ७ सय ४३ मत प्राप्त गरी विजयी भएका हुन् भने बरबरीयालाई ४ हजार ७७ मतका साथ पराजय व्यहोर्दै तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ । ४१ सय ५ मतका साथ नेपाली काँग्रेसका सुधिर कुमार गोईतले दोस्रो स्थान हासिल गरेका छन् । ०७४ को निर्वाचनमा बरबरीयाले ५ हजार ९१ मत प्राप्त गरी जित हात पारेका थिए भने तेस्रो स्थानमा रहेका दिनेश यादवले ३ हजार ४ सय ८० मत प्राप्त गरेका थिए ।

आफू फेरी पनि शहीदनगर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुनेमा ढुक्क रहेका निवर्तमान कान्छो मेयर बरबरीयालाई दोस्रो कार्यकालको लागि प्रतिस्पर्धामा उत्रिदा मतदाताले खासै रुचाएनन् । माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा मधेश प्रदेश सचिव श्रवण बरबरीयाका छोरा समेत बरबरीयाले यो चोटी बुवाको विरासत भने थाम्न सकेनन् ।

‘चुनाव लड्दा स्मार्ट सिटी बनाउँछु भनेका थिए, तर जितेपछि आफु मात्रै स्मार्ट भए, नगर र जनता जहाँको त्यही रहे, नगरबासी भन्छन्, ‘त्यसैले जनताले यो चोटी परिवर्तनका लागि विकल्प खोजेका हुन् अरु केही होईन ।’

शहीदनगरबासीलाई ०७४ मा स्मार्ट पालिका बनाउने सपना बाँडेर मेयरमा निर्वाचित भएका बरबरीयाले ०७९ को निर्वाचनसम्म आईपुग्दा नगरबासीलाई फेरि त्यही सपना बाँडेका थिए । नगरलाई स्मार्ट सिटी बनाउने योजनासहितकै प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उम्मेदवारी दिएका बरबरीयाको ५ वर्षे कार्यकालको समिक्षा गर्दै नगरबासीले उनलाई यस पटक पत्याएनन् ।

‘चुनाव लड्दा स्मार्ट सिटी बनाउँछु भनेका थिए, तर जितेपछि आफु मात्रै स्मार्ट भए, नगर र जनता जहाँको त्यही रहे, नगरबासी भन्छन्, ‘त्यसैले जनताले यो चोटी परिवर्तनका लागि विकल्प खोजेका हुन् अरु केही होईन ।’

शहीदनगर नगरपालिकाको अधिकांश वडाहरू ग्रामीण भेगमा पर्छन् । पालिकाका अधिकतर जनता कृषि पेशामा आश्रित छन् । गाउँमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार चाहेका हुन् ।

०७४ मा मुलुककै कान्छो मेयरको रुपमा निर्वाचित हुँदा बरबरीयाबाट शहीदनगरबासीले विकास निर्माणको सवालमा तथा जनजीविकाको सवालमा धेरै आशा अपेक्षा राखेका थिए । तर, बरबरीयाको कार्यकालमा खासै ठोस कामहरू हुन सकेन ।

नगरबासीहरुका अनुसार बरबरीयाले पालिकाको एम्बुलेन्सको पनि दुरुपयोग गर्ने गर्थे ।

उनको कार्यकालमा कामभन्दा पनि बढी मिडिया स्टन्ट भए । उनी काममा कम र मिडियामा बढी रुची राख्थे । स्थानीयका अनुसार काम काम गर्ने र मिडियामा प्रचारप्रसार तथा स्टन्ट बढी गर्ने गराउँथे ।

सुशासनको प्रत्याभूति गराउने आश्वासन बाँडेका बरबरीयाको कार्यकाल भने विवादरहित रहन सकेन । नगरबासीहरुका अनुसार बरबरीयाले पालिकाको एम्बुलेन्सको पनि दुरुपयोग गर्ने गर्थे । त्यति मात्रै होईन जनताले कर स्वरुप तिरेको पैसामा उनी निजी भ्रमणको सिलसिलामा विदेश सयर गर्न गएका थिए ।

नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र मेयर बरबरीया दुबै जना ०७७ जेठमा दुबई भ्रमण गरेका थिए । उनीहरु निजी भ्रमणमा दुबई गएपनि सरकारी ढुकुटीबाट ४ लाख ७ हजार ७ सय २० रुपैयाँ भुक्तानी गरेका थिए । जुन, पछि महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजु देखाईएको थियो ।

मेयरले भ्रमण क्रममा २ लाख १५ हजार ५ सय ८० र प्रमुख प्रशासकीय अधिकृतले १ लाख ९२ हजार १ सय ४० रुपैयाँ खर्च गरेका थिए । सार्वजनिक पद धारण गरेका पदाधिकारी वा कर्मचारी विदेश भ्रमण जाँदा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने व्यवस्था रहेकोमा विदेश भ्रमणको उद्देश्य तथा काम नखुलाई आफैँले भ्रमण आदेश स्वीकृत गरी रकम भुक्तानी गरेकाले उक्त भ्रमण खर्च नियमित नदेखिएको महालेखा परीक्षकको प्रतिवेदनमा लेखिएको थियो ।

यी खर्च एक उदाहरण मात्रै हुन् । उनले पालिकाको ढुकुटीबाट लाखौँ रुपैँया नियम विपरित भुक्तानी गरेको महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजु नै देखाएको छ ।

निर्वाचनको मौन अवधि सुरु हुनु ठीक अघि वैशाख २७ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हेलिकप्टरबाट यदुकुहा आएर आफैँले उनको चुनावी सभालाई सम्बोधन गरेका थिए । तर, जनतामा उनको भाषणको पनि केही प्रभाव देखिएन ।

उनको बेथितिविरुद्ध बोल्ने पत्रकारलाई पनि उनले छाडेनन् । गुण्डा लगाएर पत्रकार शिवेन्द्र रोहिता र मनोज मरबैता यादवमाथि आक्रमण उनले नै गराए ।

उनको बेथितिविरुद्ध बोल्ने पत्रकारलाई पनि उनले छाडेनन् । गुण्डा लगाएर पत्रकार शिवेन्द्र रोहिता र मनोज मरबैता यादवमाथि आक्रमण उनले नै गराएको स्थानीय र सञ्चारकर्मीहरूको आरोप छ । आक्रमण गराउनुका साथसाथै उनीहरूको साथमा रहेको क्यामरा पनि खोस्न लगाए ।

स्थानीयका अनुसार बरबरीया कामभन्दा पनि सेलिब्रेटी मेयर बन्न बढी रुचाउँथे । उनी जनताको कामभन्दा पनि आफ्ना लागि पपुलारिटी बढी खोज्थे । जसका लागि उनले मिडिया म्यानहरू आफ्नो छेउछाउमै राख्थे ।

नगरपालिकाकै कर्मचारीहरूका अनुसार बरबरीयाले नगरपालिकाकै खर्चमा आफ्नो प्रचारप्रसारका लागि केही मिडियाहरू सञ्चालन गरे । जसमार्फत उनको बखान हुन्थ्यो । ती मिडियाहरूको काम बरबरीयाको गल्तीलाई पनि सही देखाउँदै भ्रम सिर्जना गर्ने र उनको पक्षमा बखान गर्दै दैनिक कम्तीमा एउटा समाचार ब्रेक गर्नु थियो । जुन समाचारहरूको एउटै मात्रै उद्देश्य हुन्थ्यो, बाहिरका मान्छेहरूलाई बरबरीयाले शहीदनगरमा धेरै काम गरेको भ्रम सिर्जना गर्नु । तर, वास्तविकता भने धेरै नै फरक पाइयो ।

युवालाई जिताए नगरको लागि केही गर्छन् भन्ने सोचे तर, मर्नु अघि बाच्ने आशाले अस्पताल पुग्नको लागि एम्बुलेन्स गुड्ने बाटो बनाईदिएनन् ।

शहिदनगरका कतिपय वडामा वैशाखे पानी पर्दा पनि हिलोमा हिँड्नुपर्ने बाध्यता रहेको छ नगरबासीलाई । स्थानीय भन्छन्, ‘जनताले भोट दिएर जिताए, उनले जनताको घरभन्दा आफ्नै घर बनाए । युवालाई जिताए नगरको लागि केही गर्छन् भन्ने सोचे तर, मर्नु अघि बाच्ने आशाले अस्पताल पुग्नको लागि एम्बुलेन्स गुड्ने बाटो बनाईदिएनन् । यो भन्दा बढी के भन्नु । नाम नखुलाउने शर्तमा एकजना स्थानीयले भने, रूविश्व कोरोनाले अक्रान्त भएको बेला राहतमा पनि भ्रष्टचार गरे बरबरियाले । जनतालाई चामल नबाडी घरमा राखेर सडाए ।’

शिक्षा, स्वास्थ्य रोजगारीको ग्यारेन्टी गर्दै घोषणा पत्र सार्वजनिक गरेका उनी मेयर भएपछि कोरोनाकालमा भारतमा रोजगारको सिलसिलमा गएका त्यस नगरका एक युवकले सीमामै प्राण त्यागे ।

सीमानाका शिल थियो फर्किने क्रममा मेयरलाई उनको परिवारजनले उद्धार गरिदिन आग्रह गर्यो । समाचारमा आयो नगरपालिको एम्बुलेन्सले उनलाई उद्धार गर्ने । उद्धार त गरियो तर, भोक प्यासले त्यस नगरका युवा विरेन्द्र गुरमैताले सीमामै सास त्यागि सकेपछि ।

सीमानाका शिल थियो फर्किने क्रममा मेयरलाई उनको परिवारजनले उद्धार गरिदिन आग्रह गर्यो । समाचारमा आयो नगरपालिको एम्बुलेन्सले उनलाई उद्धार गर्ने । उद्धार त गरियो तर, भोक प्यासले त्यस नगरका युवा विरेन्द्र गुरमैताले सीमामै सास त्यागि सकेपछि । त्यसै पालिकाका एक स्थानीय युवा नेता रितेश यादवलवे त्यतिबेला एक भिडियोमार्फत बोल्दै भनेका छन्, ‘सास त्यागेपछि फेरी समाचार आयो उनको परिवारलाई राहत स्वरुप १ लाख दिने घोषणाको । त्यो पनि आफ्नो टीआरपीको लागि ।’

लेखिरहनु साध्य हुँदैन यतिनै रहन दिनुस् हामीले विकल्प खोजिसक्यौं सहिदनगर नगरपालिकाका नगरबासीका लागि यो आवाजको हो सहिदनगर नगरपालिकाबासीको ।

हेर्नुहोस् विभिन्न समाचारमाध्यममा आएको उनले नगरपालिकाको हित नहुने गरेका कामहरुको समाचार सामग्रीहरु :

मेयर र प्रमुख प्रशासकीय अधिकृतको विदेश भ्रमणमा सरकारी ढुकुटीबाट लाखौँ खर्च

शहिदनगरका मेयर बरबरिया विरुद्ध आन्दोलन जारी, भत्ता नदिएपछि बृद्धबृद्धा आक्रोसित

मेयर र हाकिम विदेश भ्रमणमा, सरकारी ढुकुटीबाट लाखौँ स्वाहा

‘आफ्नै पार्टी समर्थित शिक्षकलाई मात्रै मेयरले खुवाए तलब’

नगरप्रमुखलाईएकवर्षमा२८लाखकोइन्धन, सरकारीस्रोतबाटविदेशभ्रमण

धनुषामा दुई जना पत्रकारमाथि आक्रमण

यस्ता सयौं अडियो भिडियो पत्रपत्रिका रेडियो लगायतका समाचारमाध्यमहरुमा आएका समाचार सामग्रीहरु :

भारतबाट फर्केपछि खाना नपाएको कारण नेपाल भारत सीमाको जटही नाकामा धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ९ का ३० वर्षीय विरेन्द्र यादवको मृत्यु भएपछि नाकामा रहेका नेपालीहरु प्रदर्शन गर्दै जनकपुरधाम तर्फ आउने भएका हुन् ।

शहिदनगर नगरपालिकाको लपरबाहि २ सय बिद्यार्थी जोखिममा ?

शहिदनगरमायोजनाबिपरितसडकबनाएरजनप्रतिनिधिब्रहमलूटगर्दै, स्थानीयहरुद्वारासडकरो

धनुषाको सहिद नगरपालिकाका मेयर उदय बरबरिया र वडा अध्यक्षले सर्वसाधारण जनालाई यसरी कुटेको हेर्नुस् भिडियो

प्रतिक्रिया
नागरिक मिरर