जनताले दोह्रयाएनन उदयलाई, जसपाका यादव विजयी

जनकपुरधाम । धनुषाको सहिदनगरमा जसपाको दिनेश प्रसाद यादव विजयी भएका छन् । नगरपालिकाको मेयरमा यादवले ५७४३ मत प्राप्त गरी विजयी भएको छ । उनका निकटतम प्रतिद्धन्द्धी सुधीरकुमार गाईतले ४१०५ मत प्राप्त गरी पराजित भएका छन् ।

त्यसै नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार तथा निवर्तमान मेयर उदय कुमार बरबरिया तेस्रो स्थानमा छन् । उनले ४०७७ मत प्राप्त गरेका हुन् । नेकपा माओवादीको केन्द्रको राम्रो पकड् रहेको मानिएको त्यस पालिका १६६६ मतान्तरले बरबरिया पराजित भएको हो ।

त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी सुनिता सिंह निर्वाचित भएकी छिन् । उनले निकटतम प्रतिद्वन्द्वी जसपाकी उम्मेदवार लक्ष्मीनिया कुमारी मंण्डल भन्दा १४० मत बढी ल्यएर विजयी भएकी छिन्। उनले ४९ सय ३१ मत प्राप्त गरेको हो। उनको प्रतिस्पर्धी मण्डलले ४७ सय ९१ मत ल्याएकी हुन्।

प्रतिक्रिया
नागरिक मिरर