धनुषाको क्षीरेश्वर ५ मा पुनः मतगणना गर्दा पनि काँग्रेसका मण्डलनै विजयी

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नपा वडा नं. ५ मा नेपाली काङ्ग्रेसका उम्मेदवार जिवछ मण्डल ६ मतले विजयी भएका छन् । ३ दिनदेखि स्थगित मतगणना गए राति ११ बजेबाट सुरु भएको थियोे ।

विपक्षीले धाँधली भएको आरोप लगाउदै पुनः मतगणना हुनुपर्ने माग राख्दा ३ दिन मतगणना अवरुद्घ भएको थियोे । मण्डल ९१२ मत ल्याएर ल्याउँँदै विजयी भएका छन्।

उनको निकटतम प्रतिद्वन्द्वी एमालेका राजु गुप्तालेले ९०६ मत प्राप्त गरे।

यसअघि मतगणना गर्दा मण्डल २ मतले विजयी भएका थिए ।

प्रतिक्रिया
नागरिक मिरर