विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला निर्वाचित

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन् ।

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नागेशले ३० हजार १७० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी रहेका नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने नेकपा एमालेकी शिल्पा कार्की निर्वाचित भएकी छिन् । उनी २५ हजार ६८० मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी ९जसपा०का अमरेन्द्र यादवले १४ हजार २१९ मत ल्याएका छन् ।

प्रतिक्रिया