धनुषा मिथिला विहारीको मेयरमा नेपाली कांग्रेसको यादव विजयी

जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । नेकपा (एमाले)का अनिलकुमार यादवलाई २१० मतान्तरले हराउँदै प्रमुखमा कांग्रेसका राजेन्द्रप्रसाद यादव विजयी भएका छन् । राजेन्द्रले ४३०४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी पूर्व प्रमुखसमेत रहेको अनिलले ४०९४ मत प्राप्त गरे ।

उपप्रमुखमा भने नेकपा माओवादीकी शोभादेवी साह विजयी भएको छ । साहले ३३३० मत ल्याउँदा उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)की अनिता कुमारीले २७९७ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया
नागरिक मिरर