सबैला नगरपालिकाको मेयर र उपमेयरमा माओवादी वियजी

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन् ।

मतगणनाको अन्तिम नतिजाअनुसार माओवादीका उम्मेदवार मेयरमा कारीराम यादव र उपमेयरमा रहीमा खातुन निर्वाचित भएका छन् ।

मेयरमा निर्वाचित यादवले ४२१२ मत पाएका छन् । उनको निकटतम प्रतिस्पर्धि नेपाली काँग्रेसका जगत सुन्दर साहले ४०७६ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा माओवादीकी उम्मेदवार खातुनले ४६९९ मत सहित विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार किरणकुमारी कापरले ३६०४ मत ल्याएकी छिन् ।

प्रतिक्रिया
नागरिक मिरर