काठमाडौंमा बालेनले कटाए ४८ हजार मत

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन साहको अग्रता कायमै छ ।

कुल १ लाख ४७ हजार ३९४ मत गणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ४८ हजार ५५२ मत प्राप्त गरी अग्र स्थानमा छन् ।

दोस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २९ हजार ७८५ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापित २९ हजार १८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया