काठमाडौंमा बालेन १९ हजार बढी मतले अगाडी

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन साहको अग्रता कायमै छ ।

कुल १ लाख ४५ हजार ३६२ मत गणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ४९ हजार ३५८ मत प्राप्त गरी अग्र स्थानमा छन् ।

दोस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३० हजार ६९ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापित २९ हजार २८४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया