पोखरामा एकीकृत समाजवादीका आचार्य विजयी
पोखरा । पोखरा महानगरपालिका प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य विजयी भएका छन् ।
आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दै विजयी भएका हुन् । आचार्यलाई एकीकृत समाजवादीका गठबन्धनले साझा उम्मेदवार बनाएको थियो ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा ९एमाले०का कृष्ण थापाले ६ हजार ४५ मत प्राप्त गरेका थिए ।
उपप्रमुखमा भने नेकपा ९एमाले०की मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । उनी ६० हजार ५४६ मतसहित निर्वाचित भएकी हुन् ।
प्रतिक्रिया