पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सरकारी गाडीमाथि तोडफोड

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा आज सरकारी गाडीमाथि तोडफोड भएको छ ।

चाबहिलस्थित चलचित्र बिकास बोर्ड राजस्व बिभाग नजिकको पुलमा बा ७६७८ नम्बारको सरकारी गाडीमा तोडफोड भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीले सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै विभिन्न विरोधका कार्यक्रम गर्दै आइरहेको छ । त्यसैअनुरुप क्रान्तिकारीले सरकारी गाडीमाथि निगरानी बढाएको छ ।

नेपालमा पछिल्लो समय पेट्रोलियम पदार्थको अत्याधिक मूल्यवृद्धि भएपछि सर्वत्र विरोध हुँदै आएको छ ।

प्रतिक्रिया