स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडामा प्रहरीले हान्यो अश्रुग्यास
काठमाडौं । बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ।
बुधबार काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा स्थानीयले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको हो ।
मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ ।
स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नु परेको प्रहरीको भनाइ छ ।
काठमाडौं महानगर, सहरी मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमति भएपछि फोहोर उठाउन थाले पनि विसर्जन गर्ने स्थानमा स्थानीय बासिन्दाले अवरोध गर्दै आएका छन् ।
प्रतिक्रिया