काठमाडौं महानगरले नौवटा ब्रुमर सञ्चालन गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि बिहीबारदेखि ९ वटा ब्रुमर सञ्चालनमा ल्याउने भएको छ । महानगरभित्रको धूलो बढार्नको लागि ब्रुमर सञ्चालनमा ल्याइने महानगरले जनाएको छ ।
महानगरको दोस्रो कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह ९बालेन० ले तीन दिनभित्र ब्रुमर चालक व्यवस्थापन गरेर सञ्चालनमा ल्याउने घोषणा गरेका थिए ।
तत्काल पाँचवटा ब्रुमरले काम गरिरहेकोमा भोलिदेखि ४ वटा ब्रुमरले सडकको धूलो बढार्ने महानगरका सूचना अधिकारी महेश काफ्लेले बताए ।
प्रतिक्रिया