काठमाडौंमा साउन १ देखि कुहिने र नकुहिने फोहोर नछुट्याए ५०० जरिबाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न महानरवासीलाई आग्रह गरेको छ ।

काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२)र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ (१), (२)को व्यवस्था अनुसार ०७९ साल साउन १ गतेदेखि स्रोतमा कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरवासीलाई आग्रह गरिएको छ ।

महानगरले सार्वजनिक सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकोले फोहोर पृथकीकरण गरी कुहिने फोहोर संकलन गर्न आउने दिन कुहिने फोहोर मात्रै संकलन गर्ने र नकुहिने फोहोर संकलन गर्न आउने दिन नकुहिने फोहोर मात्रै संकलन गर्ने बताएको छ ।

प्रतिक्रिया