हैजासम्बन्धी समस्या भयो ? ११८० मा फोन गर्नुस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबीसै घन्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सहज होस् भनेर कामपाले आजदेखि २४ घन्टा हटलाइन सेवा सञ्चालन गरेको हो ।

नागरिकलाई समस्या परे ११८० नम्बर फोन गरेर जानकारी लिन काठमाडौं महानगरका मेयर बालेन शाहले जनाएका छन् ।

जनस्वास्थ्यको सवालमा कामपाले कुनै पनि कुरामा सम्झौता नगर्ने बताउँदै मेयर शाहले नगरवासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया