सकभर पैदल हिड्न,शनिबार गाडीरहित बिदा दिन आयल निगमको प्रस्ताव

काठमाडौं । नेपाल आयल निगमले देशका प्रमुख शहरहरुमा प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्न सुझाव दिएको छ ।

सरकारलाई नेपाल आयल निगमले बुझाएको १० बुँदे सुझावमा यस्तो उल्लेख गरिएको छ । सुझावमा सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक सरकारी तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली सञ्चालन गर्न अनुरोध गरेको छ ।

त्यसैगरी खाना पकाउने एलपी ग्यासको खपत कम गर्न विद्युतीय चुलो सहुलियत दरमा बिक्री गर्ने र घरायसी प्रयोजनको लागि विद्युतीय शुल्क कम गर्न भनेको छ ।

पेट्रोल पम्पहरुले मोटरसाइकललाई एक पटकमा पाँच लिटर र कार तथा जीपलगायतका साना सवारी साधनलाई २० लिटर मात्र इन्धन बिक्री गर्ने । छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने जनाएको छ ।

प्रतिक्रिया