मंसिर २ मा चुनाव गर्न आयोगको सुझाव

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति मंसिर २ गतेका लागि तोक्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ ।

निर्वाचन आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति तोक्ने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बुधबार निर्वाचनको मिति तोक्न सुझाव दिएका हुन् ।

“निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६९१० र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६९१० बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्वत् २०७९ साल मंसिर २ गते शुक्रबार एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएको छ,” निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचन सम्बन्धी कानूनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ ।”

प्रतिक्रिया