नेविसंघ त्रि-चन्द्रद्वारा ‘त्रि-चन्द्र बचाउ’ अभियानको लागि प्रधानमन्त्रीलाई- ज्ञापन पत्र हस्तान्तरण

नेपाल विद्यार्थी संघ त्रि-चन्द्र क्याम्पसका विद्यार्थी नेताले त्रि-चन्द्र क्याम्पस बचाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण गरेका छन् । आज बिहिबार अपरान्हमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर त्रि-चन्द्र क्याम्पसको पुनर्निर्माणको कार्य यथासिघ्र कार्यान्वयन गर्न सुझाएका हुन् ‌।

उनिहरुले प्रधानमन्त्री शेरबहादुर देउवासंगको भेटमा प्रधानमन्त्री आफै पढेको क्याम्पसको पुनर्निर्माणमा केन्द्रित नहुँदा पठनपाठनमा समस्या बढेको समेत बताए ।

‘प्रधानमन्त्री ज्यू त्रिचन्द्र क्याम्पस प्रति सकारात्मक रहेको देखिएको हुनाले काम छुट्टै अगाडि बढ्नेमा आशावादी रहेको, विद्यार्थी नेता बिपिन ढुङ्गानाले बताए ‌। ढुङ्गानाको अनुसार चरणबद्ध रुपमा भएको ‘सेभ त्रिचन्द्र’ कार्यक्रमको फलस्वरूप प्रधानमन्त्रीलाई मुद्दाको संवेदनशीलताबारे बताएको हो ।

निश्चित डिपीआर तयार भैसकेको त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणको कार्य भने कार्यान्वयन हुन नसक्दा हजारौ बिद्यार्थीमा प्रत्यक्ष असर परेको छ ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: