जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

काठमाडौं । गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उहाँ माथि गोली प्रहार भएको थियो ।

नारास्थित अस्पतालको सघनकक्षमा उपचाररत उनको भर्खरै निधन भएको सञ्चार माध्यमले जनाएका छन् ।

यसै बीच प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया
नागरिक मिरर