क्षीरेश्वरनाथ नगरपालिकामा किसानलाई मोटर वितरण

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा किसानलाई सिँचाईका लागि पानी तान्ने मोटर वितरण गरिएको छ ।

नगरपालिकामा संचालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्धारा संचालित माछाको पकेट विकास कार्यक्रम अन्तर्गत उक्त मोटर वितरण गरिएको हो ।

बिहिबार नगरपालकाको वडा नं.८ मा परियोजनाको ५० र किसानको ५० प्रतिशत लागतमा मोटर वितरण गरिएको क्षीरेश्वरनाथ नगरपालिका पशु विकास अधिकृत विष्णुदेव यादवले जनाएका छन् । उनले माछा पकेट क्षेत्रको रुपमा विकसित हुँदै गरेको वडाको सबै ठाउँमा पर्याप्त सिँचाइ नभएकोले सिँचाई सुविधा र उत्पादमा वृद्धिमा सहयोग पुर्याउन मोटर वितरण गरिएको अधिकृत यादवले बताए ।

अधिकृत यादवले ३५ जना किसानलाई वितरण गरिएको १३, १५ र २१ हजार लागत रहेको २ हर्ष पावरको उक्त मोटरले ३/३ र २ ईन्च पानी फाल्ने बताएका छन् ।

मोटर हस्तानान्तरण कार्यक्रममा बोल्दै क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले कृषिमार्फत रोजगारी श्रृजना गर्ने उद्देश्यले किसानलाई कृषि सामग्री वितरण गरिएको बताए । अगामी दिनमा पनि किसानलाई उच्च प्राथमिकतामा राख्दै किसानकै सरसल्लाह अनुसार किसानको लागि विविद्य योजनाहरु ल्याउने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिका वडा नं.८ का वडाध्यक्ष मोद कुमार महतो, पूर्व वडाध्यक्ष अशेश्वर महतो, नेकपा एमाले नगर कमिटी उपाध्यक्ष अनिल चौधरी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
नागरिक मिरर