जसपाका संघिय परिषदमा अशोक राई, बाबुराम भट्टराई सहित ९ जन पदमुक्त (नामावली सहित)

काठमाडौँ — जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षमा अशोक राई चयन भएका छन् । पर्साको वीरगन्जमा बसेको केन्द्रीय समितिको बैठकबाट यसअघिका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई पदमुक्त गर्दै राईलाई सोही पदको जिम्मेवारी दिएको हो । संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गर्ने बैठकले निर्णय गरेको एक नेताले जानकारि दिए । पार्टी विभाजनको लागि भूमिका खेलेको आरोप लगाउँदै भट्टराईसहित ९ जना केन्द्रीय नेतालाई जसपाले बिहीबार कारबाही गरेको छ ।

बैठकले विधान संशोधनसहित पारित गरेको छ ।

जसपा नेपाल बाट जिम्मेवारी बाट मुक्त गरिएका ९ जना कार्यकारी सदस्यहरुको नामावली यस प्रकार छन् :
१.भक्त बहादुर शाह

२.डा बाबुराम भट्टराई

३.हिसिला यामी

४.प्रशान्त सिंह

५.गंगा नारायण श्रेष्ठ

६.महेन्द्र यादव

७.दुर्गा सोब

८.रमेस यादव

९.दान बहादुर चौधरी

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: