भारतमा आज राष्ट्रपतिका लागि मतदान

एजेन्सी । भारतमा आज राष्ट्रपतिका लागि मतदान हुँदैछ ।

भारतको १५ औं राष्ट्रपतिका लागि आज बिहान १० बजेबाट साँझ ५ बजेसम्म मतदान हुनेछ ।

राष्ट्रपतिका लागि सत्ता पक्षको तर्फबाट द्रोपदी मुर्मूले उम्मेदवार दिनुभएको छ भने विपक्षबाट यशवन्त सिन्हाले उम्मेदवारी दिनुभएको छ ।

मतदान विधानसभा र संसद भवनमा हुनेछ । राष्ट्रपति चयनका लागि लोकसभा र राज्यसभाका उम्मेदवार तथा सांसदहरूले मतदान गर्नेछन् ।

आज मतदान सकिए पछि २१ जुलाईमा मतगणना हुने भारतीय सञ्चार माध्यमहरूले लेखेका छन् ।

सत्ता पक्षबाट उम्मेदवार बन्नुभएका मुर्मूलाई शिवसेना, बीजेडी लगायतका दलले समर्थन गरेका छन् भने सिन्हालाई खासै कुनैपनि दलले समर्थन गरेको छैन ।

मुर्मू निर्वाचित भएमा उहाँ भारतको पहिलो आदीवासी समुदायबाट राष्ट्रपति बन्ने महिला हुनुहुनेछ ।

वर्तमान राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा सकिने छ । निर्वाचति राष्ट्रपतिले २५ जुलाईबाट कार्यभारत सम्हाल्ने छन् ।

प्रतिक्रिया
नागरिक मिरर