जसपाको राजनीतिक रणनीति, युवा संघले शक्ति प्रदर्शन गर्ने

जनता समाजवादी पार्टी निकट भातृसंगठन समाजवादी युवा संघको केन्द्रिय समिति बैठक आज काठमाण्डौं केन्द्रिय कार्यालयमा सम्पन्न भएको छ।

जनता समाजवादी पार्टी नेपालका कार्यकारणी सदस्य सुशिला श्रष्ठ प्रमुख अतिथि रहेको बैठकको अध्यक्षता समाजवादी युवा संघका अध्यक्ष योगेन्द्र यादवले गर्नु भयो।

यस बैठकले आउदो सावन ३१ र भदौं १ गतेका दिन मधेश प्रदेशको राजधानी जनकपुरधाममा राष्ट्रिय युवा सम्मेलन गराउने भएको छ। देश भरि रहेका समाजवादी युवा संघका बिभिन्न तहमा आवद्ध सदस्यहरूको भब्य विशाल उपस्थिति गराउने लक्ष्यका साथ सम्मेलनको तैयारी र व्यवस्थापनका लागि बैठकबाटै बिभिन्न उप-समितिहरू गठन गरिएको बारे आजै प्रचार प्रसार उप-समिति संयोजक बनेका युवा समिति केन्द्रिय सदस्य मनिष यादवले बताउनु भयो।

केहि दिन अगाडि समाजवादी बिधार्थी युनियन र महिला संघको पनि राष्ट्रिय भेला हुने निर्णय भइ सकेको छ। संभव्यत जनता समाजवादी पार्टी नेपाल केहि दिन अघि बाबुराम भट्टराई पक्ष फुटेर गएपछि राजनितिक रणनिति अनुसार जसपाले शक्ति प्रदर्शन तथा शक्ति पुर्नव्यवस्थापनका लागि सम्मेलन र भेला गर्न लागेको बुझिन्छ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: